नवदुर्गा गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – नवदुर्गा गाउँपालिकाद्वारा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। फागुन ११ गतेदेखि सुरु भएको शिविर हिजो(मंगलबार) समापन भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाका पाँचै वडामा सञ्चालन गरिएको शिविरबाट २,३५८ जनाले विभिन्न स्वास्थ्य सेवाहरू लिएको पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। उनले शिविर सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधिहरू, डडेल्धुरा अस्पताल, नवदुर्गा आँखा उपचार केन्द्र, पालिकाअन्तर्गतका स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविकालगायत सबैलाई धन्यवाद व्यक्त गरे।

Dadeldhura Hospital

अध्यक्ष अवस्थीका अनुसार दस दिनसम्म चलेको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा मोतियाबिन्दु स्क्रिनिङ गरिएका बिरामीहरूको अप्रेसन छिट्टै गरिनेछ।

स्वास्थ्य शाखामा कार्यरत दिपेन्द्र विष्टका अनुसार शिविरमा २६७ जनाले दन्त सेवा, १,१९० जनाले आँखा उपचार, १४८ जनाले मोतियाबिन्दु स्क्रिनिङ, ६४७ जनाले भिडियो एक्सरे, ४२९ जनाले प्रजनन रुग्णता, ५८० जनाले ल्याब परीक्षण, र २८९ जनाले नसर्ने रोग स्क्रिनिङ सेवा लिएका छन्।

बेलापुर स्वास्थ्य चौकीमा मौसम प्रतिकूल भएकाले अवरुद्ध भएको आँखा उपचार सेवा फागुन २२ गते पुनः सञ्चालन गरिने उनले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.