new year2082 desk
Citizan

परशुराममा भोलिदेखि दोस्रो संस्करणको साहित्य महोत्सव, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

bhageswar small
alital janahit

डडेल्धुरा : डडेल्धुराको ऐतिहासिक तथा धार्मिक स्थल परशुरामधाममा भाेली (बिहीबार)देखि दोस्रो संस्करणको साहित्य महोत्सव आयोजना हुने भएको छ।

lali

परशुराम नगरपालिकाले आयोजना गर्न लागेको यो महोत्सव दुई दिनसम्म चल्नेछ।

glam &
Citizan

कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यस महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने जनाइएको छ। महोत्सवले स्थानीय कला, संस्कृति तथा साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए।
महोत्सवमा विभिन्न विषयहरूमा गहन छलफल हुनेछ । सुदूरका सुइना,खेल संसारः अर्थतन्त्र, पर्यटन र कूटनीति,खोजिन बाँकी इतिहास,लेखिन बाँकी गीत,इजाइन कि कुरणी,संस्कृति, राजनीति ः देखाइ र भोगाइ,डिजिटल युगका युवा, संस्कार र शिक्षा,गजल गंगा, कविता बहानी, काव्य संध्या लगायका विधाहरुमा गहन छलफल हुनेछन् ।
महोत्सवमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
डा. विश्व पौडेल (पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग)डा. दीपकराज भट्ट , हेमराज पन्त (वरिष्ठ शिक्षाविद्),राजेन्द्र शाह विपी (साहित्यकार),हेमन्त बिबिश (गीतकार),टिकाराम यात्री (चर्चित पत्रकार),मेनुका ढुंगाना (पत्रकार),दीपेन्द्रसिंह ऐरी (राष्ट्रिय क्रिकेट खेलाडी),दीपक विष्ट (ओलम्पियन तेक्वान्दो खेलाडी),जगदीश भट्ट (राष्ट्रिय भलिबल प्रशिक्षक),रामकुमारी झाँक्री (पूर्व सहरी विकास मन्त्री) लगायत बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाइको छ ।

गत वर्ष पहिलो पटक आयोजित परशुराम साहित्य महोत्सवले ठूलो चर्चा बटुलेको थियो। यस पटक अझ व्यापक रुपमा आयोजना हुन लागेको यो महोत्सवले स्थानीय साहित्य, कला र संस्कृतिलाई नयाँ उचाइ प्रदान गर्ने विश्वास लिइएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.