दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

sc mahendra

दार्चुला : दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लामा सुपप्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा महाकाली नगरपालिका–२ का २५ वर्षीय जिप चालक महेश भूल रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा महाकाली नगरपालिका–२ का १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुल घाइते भएको र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.