सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँलाई आदिवासी जनजाति आयोगले बुझायो प्रतिवेदन

sc mahendra

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ। आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई शुक्रवार बुझाएको हो।
आयोगले गरेका गतिविधि, आदिवासी जनजातिको तथ्याङ्क, उनीको अवस्था, राजनीतिमा आदिवासी जनजातिको पहुँच लगाएतका विषयहरू समेटिएको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो। आयोग सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन।

प्रदेश प्रमुख मियाँले आदिवासी जनजाति आयोगको प्रतिवेदन अध्ययन गर्ने बताए। उनले प्रतिवेदनमा समावेश भएका विषयमा प्रदेश सभा सदस्यहरूलाई आवाज उठाउन लगाउने उनले बताएका छन्। उनले प्रदेशमा रहेका आदिवासी जनजातिहरूको पक्षमा प्रदेश सभामा बोल्न लगाउने बताएका हुन। आदिवासी जनजातिका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्ने उनले बताए। आयोगले अभौतिक सांस्कृतिक सम्पदा सूचिकरण सम्बन्धी अन्तरक्रिया गरेको छ। आयोगका सदस्य गुरुङले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा आदिवासीहरूको सङ्ख्या कम रहेको बताए। उनले आयोगको प्रतिवेदनमा सुदूरपश्चिमको अवस्थाको विषयमा छुट्टै लेखिएको समेत बताएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.