अन्त:पक्राउ परे भाइलाई गोली हानेर हत्या गरेका दाजु

sc mahendra

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ। उनलाई गाउँकै २४ वर्षीय सुरेन्द्र विष्टको हत्या गरेको अभियोग लागेको छ।

प्रहरीका अनुसार, गत शनिबार सुरेन्द्रलाई गोली हानेर हत्या गरी फरार भएका कर्णबहादुर विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुनाकाबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) प्रकाश दाहाल नेतृत्वको टोलीले सादा पोशाकका प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रनाउ दाहालका अनुसार, विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए। उनको मोबाइल लोकेसनको आधारमा खोजी गरी पक्राउ गरिएको हो।

अनुसन्धानमा आधारित प्रारम्भिक जानकारीअनुसार, लेनदेनको विवादका कारण विष्टले भरुवा बन्दुक प्रहार गरी सुरेन्द्रको हत्या गरेको बताइएको छ। कर्णबहादुरले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने विषयमा विवाद भएपछि गोली प्रहार गरेको जनाइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.