परशुरामको जनज्योती प्रावी सिमल्टाले अक्षयकोष स्थापनाका लागि होली खेल्दै

sc mahendra

डडेल्धुरा : परशुराम नगरपालिका–३, सिमल्टामा रहेको जनज्योती प्राथमिक विद्यालयले अक्षयकोष स्थापनाका लागि होली खेल्ने कार्यक्रमको आयोजना गरेको छ। विद्यालयले देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी, तथा बुद्धिजीवीहरूलाई कोष स्थापनाका लागि सहयोग गर्न अनुरोध समेत गरेको छ।

विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर धामीका अनुसार, विद्यालयमा बालमैत्री शिक्षाको वातावरण बनाउन सामाग्री खरिद गर्नुका साथै अक्षयकोष स्थापना गर्न होलि कार्यक्रम गर्न लागेको बताए। यस अभियानलाई सफल बनाउन विद्यालयले हिजो बाट सुरु भई फागुन २९ गतेसम्म होली खेल्ने कार्यक्रम बनाएको छ।

विद्यालयले यस कार्यक्रमबाट संकलित सहयोग अक्षयकोषमा संचित गर्नेछ, जसले विद्यालयको शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। आयोजकले सबैलाई सहभागी भई विद्यालयको समृद्ध भविष्य निर्माणमा हातेमालो गर्न आग्रह गरेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.