
धनगढी: अछाम जिल्लाको मंगलसेन नगरपालिका–८ ओलिगाउँ सुतुडामा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीका अनुसार २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुबै मृतक देउरानी–जेठानी रहेको जनाइएको छ।

स्थानीयवासीहरूका अनुसार अछामसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चैते दसैंको समयमा घर लिपपोत गर्न माटो खन्ने परम्परा छ। सोही क्रममा माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ।



