डडेल्धुराका कांग्रेस सभापति साउदको निर्माण कम्पनी कालोसूचीमा

sc mahendra

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाली कांग्रेस डडेल्धुराका सभापति भिम बहादुर साउदको राजेन्द्र निर्माण सेवा प्राली सहित ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा राजेन्द्र निर्माण सेवा प्राली, तारालक्ष्मी निर्माण सेवा (गुल्मी), ममता मञ्जु कन्स्ट्रक्सन प्रा.लि. (काठमाडौं), सनम निर्माण सेवा (संखुवासभा), निर्जरा निर्माण सेवा (संखुवासभा), जी.एस. निर्माण संसार कम्पनी प्रा.लि. (काभ्रे), कमन कन्स्ट्रक्सन (काभ्रे) लगायतका कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।

अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका यी कम्पनीहरूलाई एकदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइएको छ।

सरकारले सार्वजनिक निर्माण ठेक्कामा लापरवाही गर्ने, समयमा काम नसक्ने तथा मापदण्डअनुसार कार्य नगर्ने निर्माण कम्पनीहरूलाई कारबाही गर्दै आएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.