नेपाली कांग्रेसका महामन्त्री शर्मा मृगौला पीडित परशुरामका रमेश कामीलाई भेट्न अस्पताल पुगे

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, – नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा मृगौला पीडित रमेश कामीलाई भेट्न धनगढीस्थित नवजीवन अस्पताल पुगेका छन्।

डडेल्धुराको परशुराम नगरपालिका–१ निवासी २९ वर्षीय रमेश कामी दुबै मृगौलाले काम गर्न छोडेपछि नवजीवन अस्पतालमा उपचारत छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

महामन्त्री शर्माले सोमबार अस्पताल पुगेर पीडितको स्वास्थ्य अवस्था बुझ्दै उच्च मनोबल राख्न आग्रह गरे।

Dadeldhura Hospital

शर्मासँगै परशुराम नगरपालिकाका प्रमुख भरत वडायर जोशी, परशुराम वडा नम्बर–६ का अध्यक्ष खगेन्द्रसिंह ठकुरी लगायतका जनप्रतिनिधिहरू पनि अस्पताल पुगेका थिए। उनीहरूले कामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पीडित परिवारलाई ढाढस दिएका थिए।

 

महामन्त्री शर्माले कामीलाई धैर्य गर्न अनुरोध गर्दै उपचारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागि आवश्यक सहजीकरण गर्ने आश्वासन समेत दिए।

मृगौला प्रत्यारोपणका लागि सहयोगको अपिल :

रमेश कामीको परिवारले मृगौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक सहयोग जुटाउन सबैलाई आग्रह गरेका छन्। इच्छुक व्यक्तिहरूले उपचार खर्च जुटाउन सहयोग गर्न सक्ने परिवारले जनाएको छ।

सहयाेगकाे लागि :

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.