देशभरको मौसम अपडेट: केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।वर्तमान अवस्था:
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो:
देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ।

Dadeldhura Hospital

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति:
सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिक बदली रहँदै मौसम सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्छ।

उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.