फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले ‘रमसिला तेल’ बजारमा ल्यायो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर ‘रमसिला तेल’ बजारमा ल्याएको छ। शनिबार आयोजित एक कार्यक्रममार्फत उक्त तेलको औपचारिक शुभारम्भ गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाले उद्योग उद्घाटन गर्दै तेलको बजारीकरण शुभारम्भ गरेका थिए।

उच्च गुणस्तरयुक्त र स्वास्थ्यका लागि लाभदायक:

Dadeldhura Hospital

फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका सञ्चालक समिति अध्यक्ष धर्म ऐरका अनुसार भटमासबाट उत्पादित रमसिला तेल उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक भएकाे बताए। कम्पनीले स्थानीय स्रोत र कच्चा पदार्थको अधिकतम उपयोग गर्दै उत्पादन सुरु गरेको छ। साथै, तेलसँगै सोयाबिनको उत्पादन तथा बिक्री पनि गरिएको ऐरले जानकारी दिए।

स्थानीय किसानलाई प्रत्यक्ष लाभ:

रमसिला तेलको उत्पादनले स्थानीय किसानलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने अनुमान गरिएको छ। यसले कृषि उपजको मूल्यवृद्धि गर्ने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने विश्वास गरिएको छ।

ऐतिहासिक ‘रमसिला धारा’ बाट प्रेरित नामकरण :

कम्पनीका अनुसार तेलको नाम डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको ऐतिहासिक रमसिला धाराबाट प्रेरित भएर राखिएको हो। जनविश्वास अनुसार, भगवान राम वनवास जाँदा तिर्खा लागेपछि उनले बाण हानेर पानी निकालेको ठाउँ नै रमसिला धारा हो।

२०७६ मा कम्पनीका रूपमा दर्ता भएको यो उद्योग ७७७ जना शेयर सदस्य र १,००० भन्दा बढी भटमास उत्पादक कृषकहरूको सहभागितामा सञ्चालनमा ल्याइएको हो। यसको अवधारणा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले ल्याएका हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.