कैलालीमा खैरो हेरोइनसहित ५ जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली, – जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका–३ त्रिनगर ब्यारेल क्षेत्रमा लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ।

मिति २०७१/१२/२ गते भारतको गौरीफन्टा हुँदै धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१०१२ प ५४७५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा चालक आदित्य राना (२८, धनगढी–६) को साथबाट २ ग्राम ८६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यसै क्रममा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखड र अस्थायी प्रहरी पोस्ट हरिनगरबाट खटिएको टोलीले घोडाघोडी नगरपालिका–७ हरिनगर निवासी लक्ष्मण चौधरी (२५) को घर खानतलासी गर्दा १५ ग्राम ६० मिलिग्राम खैरो हेरोइन फेला पारेको छ।

Dadeldhura Hospital

प्रहरीका अनुसार बरामद लागुऔषधको कूल परिमाण १७ ग्राम ९२० मिलिग्राम पुगेको छ। यस घटनामा संलग्न रहको आशंकामा निम्न पाँच जनालाई पक्राउ गरिएको छ।

आदित्य राना (२८) – धनगढी उप-महानगरपालिका–६,

लक्ष्मण चौधरी (२५) – घोडाघोडी नगरपालिका–७,

राम चौधरी (२५) – ऐ.ऐ. निवासी
दुर्गेश चौधरी (२७) – ऐ.ऐ. निवासी
रमेश कार्की (३५) – चितवन, बुटवल उप-महानगरपालिका–३

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.