अबोध प्राणीमाथि अमानवीयता : बाजुराको दर्दनाक दृश्य

sc mahendra
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुरा : जिउँदै गाईलाई ढुंगाले हान्दै, बलजफ्ती कर्णाली नदीमा बगाइएको दर्दनाक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो घटनाले केवल गाई प्रतिको क्रूरताको चित्रण मात्र ग्क्र्दैन बरु हाम्रो समाजमा गहिरो रूपमा जरा गाडेको अन्धविश्वास र अमानवीयताको कटु यथार्थ पनि उजागर गर्छ।

कर्णाली नदीको किनारमा दर्जनौं मानिस उभिएका थिए। उनीहरूको वरिपरि एक निर्दोष गाई – जसलाई न त्यो परम्पराको ज्ञान छ, न त्यो मृत्यु र जीवनको परिभाषा बुझ्छ। कालो रंगको त्यो निरीह गाई बच्नका लागि दौडिरहेको थियो, डरले कामिरहेको थियो। तर निर्दयी मान्छेहरू उसलाई निरन्तर कुट्दै, लखेट्दै नदीतर्फ धकेलिरहेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

नदीमा डुब्ने डरले गाई पटक-पटक किनारमा आउन खोज्छ। तर ती मानिसहरूको मन यति कठोर भइसकेको थियो कि एकपटक पनि सोचेनन् – यो जिउँदो प्राणी पनि दुख्छ, यसलाई पनि पीडा हुन्छ। ढुंगाले हिर्काउँदा, लौराले पिट्दा गाई छटपटाउँछ, तर उसको निर्दोषता कुनैको मन गलाउन सक्दैन। अन्ततः कर्णाली नदीको तेज बहावमा त्यो निरीह गाई बग्छ।

स्थानीयहरूले यसलाई ‘गौदान’ भनेर परिभाषित गरेका छन्। परम्पराको नाममा भइरहेको यो अन्धविश्वास देख्दा जो कसैको संवेदनशील मन रुन्छ। के मृत आत्माको शान्तिका लागि अर्को निर्दोष प्राणीलाई यति बर्बर तवरले मर्न दिनु न्यायसंगत छ? के यस्तो हिंसात्मक क्रियाकलापले साँच्चै नै पाप मेटिन्छ?

स्थानीय पत्रकार धनबहादुर बीसीले यो हृदयविदारक दृश्य कैद गरेपछि मात्रै घटनाले प्रकाश पाएको हो। उनले बताएअनुसार, मृतक व्यक्तिको आत्मा शान्ति पाओस् भनेर गाईलाई नदीमा बगाउने परम्परा यस क्षेत्रमा वर्षौंदेखि चल्दै आएको छ। तर यस्तो क्रूर परम्परालाई निरन्तरता दिनु मानवताको सबैभन्दा गम्भीर अपराध होइन र?

यो केवल एउटा गाईको पीडाको कथा मात्र होइन, यो हाम्रो समाजको मानसिकता र चेतनाको स्तर मापन गर्ने ऐना हो। परम्पराको नाममा निर्दोष प्राणीलाई तड्पाएर मार्ने यो प्रथाको अन्त कहिले हुन्छ? सभ्य समाजका लागि यस्ता अमानवीय क्रियाकलाप बन्द हुनु जरुरी छ। मानवता भनेको केवल मानिसका लागि मात्र होइन, हरेक सजीव प्राणीका लागि हुनुपर्छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.