new year2082 desk
Citizan

आज स्ववियु निर्वाचन:प्रतिस्पर्धामा २५ विद्यार्थी संगठन

bhageswar small
alital janahit

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज(मंगलबार) स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमातहतमा रहेका ६४ वटा आंगिक क्याम्पस (६२ वटा क्याम्पसमा कक्षा सञ्चालन) र एक हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन् ।

lali

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिएका छन् भने ८५ क्याम्पसमा निर्विरोध भइसकेको छ । ऐन, नियम, विनियम र निर्देशिकालाई आत्मसात् गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिविले अपिल गरेको छ ।

glam &
Citizan

निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.