डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको अध्यक्षको उमेदबार गौरव ऐरको प्यानल नै निर्वाचित भएका छन्।

ऐरले १८४ मत पाए। उनका निकटतम प्रतिस्पर्धी संयुक्त प्यानलका मदनबहादुर बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले ५२ मत पाए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यहाँ ऐरको नेतृत्वमा लडेको सिंगो प्यानलनै विजयी भएको हो।

५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको थियोे।

नेपाली काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को समर्थन रहेको थियो।

मदन यसअघि पनि स्ववियु अध्यक्षमा पराजित उम्मेदवार हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.