नबिल बैंक आलिताल शाखाद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको आलितालमा रहेको नबिल बैंक शाखाले Global Money Week को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। आलिताल शाखाले आज वडा नं. ८ स्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब १०० जना विद्यार्थीलाई वित्तीय सचेतना प्रदान गरेको हो।

Dadeldhura Hospital

कार्यक्रममा बचतको महत्त्व तथा डिजिटल बैंकिङ सम्बन्धी जानकारी दिइएको शाखा प्रमुख लोक राज बिनाडीले जानकारी दिए। साथै, उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दै गइरहेका डिजिटल अपराधहरू न्यूनीकरण गर्न तथा बैंकको नाममा हुने ठगीप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सचेतना कार्यक्रममा सहभागी विद्यार्थी मन्जु बोहराले यसले बैंक तथा वित्तीय गतिविधिहरूको बारेमा नयाँ जानकारी पाएको बताइन्। कार्यक्रममा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्दै बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको शाखामा कार्यरत कर्मचारी घनश्याम भट्टले बताए ।

Global Money Week एक वार्षिक विश्वव्यापी जागरूकता अभियान हो, जसले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत बनाउँदै उनीहरूलाई सही वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति, र व्यवहार विकास गर्न प्रेरित गर्छ। यस अभियानको उद्देश्य युवाहरूलाई वित्तीय रूपमा सशक्त पार्दै उनीहरूको वित्तीय कल्याण र लचिलोपन सुनिश्चित गर्नु हो। यस वर्ष Global Money Week को १३औं संस्करण मार्च १७-२३ सम्म मनाइँदैछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.