पद्मकन्यामा चेलीहरूको क्रान्ति: स्वतन्त्र उम्मेदवारहरूको ऐतिहासिक विजय!

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा यसपटक इतिहास रचिएको छ। प्रमुख विद्यार्थी संगठनहरू—नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारहरूले सम्पूर्ण पद कब्जा गरेका छन्।

निर्वाचन अधिकृत सह-प्रा. डा. शैलेन्दुप्रकाश नेपालका अनुसार अध्यक्ष पदमा भुपेश्वरी ऐरले ७३० मत ल्याएर विजय हासिल गरिन्। निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियार ३७९ मतमा सीमित भइन्। सचिवमा सन्ध्या बस्याल (६९५ मत) र कोषाध्यक्षमा संकल्पिका थापा (६६६ मत) विजयी भए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सदस्य पदमा समेत स्वतन्त्र उम्मेदवारहरूको दबदबा रह्यो। उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि.क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, र यनसु कटवाल निर्वाचित भए।

विद्यार्थी राजनीतिमा नयाँ युगको संकेत:
पद्मकन्याको यो चुनाव परम्परागत विद्यार्थी संगठनहरूका लागि गम्भीर चुनौती बनेको छ। प्रमुख राजनीतिक दलहरूका भातृ संगठनहरू पराजित हुनुको अर्थ विद्यार्थीहरू पुराना ढाँचाबाट विमुख हुँदै स्वतन्त्र नेतृत्वको खोजीमा छन्।

नेविसंघले एक्लै चुनाव लड्दा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी गठबन्धन बनाएर प्रस्तुत भएका थिए। चैत ५ मा तोकिएको निर्वाचन अनेरास्ववियुका कार्यकर्ताहरूले ताला लगाएर अवरुद्ध गरेपछि अन्ततः चैत ७ मा सम्पन्न भएको थियो।

यो परिणामले नेपालका अन्य कलेज र विश्वविद्यालयहरूमा पनि स्वतन्त्र विद्यार्थी अभियानलाई थप बल दिने अपेक्षा गरिएको छ। अबको विद्यार्थी राजनीति दलगत स्वार्थभन्दा माथि उठेर स्वतन्त्र नेतृत्वको दिशामा अघि बढ्ने संकेत देखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.