होली खेलेर संकलित रकम मणेल्ला समैजी मन्दिर निर्माणका लागि प्रदान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिका–५ मा रहेको नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको होली कार्यक्रमबाट संकलित रकम मणेल्ला समैजी मन्दिर पुनःनिर्माणका लागि सहयोग गरिएको छ।

Dadeldhura Hospital

आज एक अनौपचारिक कार्यक्रमका बीच महासंघका अध्यक्ष प्रदीप रोका मगरले होली कार्यक्रमबाट संकलित रु ८ हजार मणेल्ला समैजी मन्दिर निर्माण समितिका सदस्य कृष्ण मडैलाई नगद हस्तान्तरण गरेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

होलि कार्यक्रमबाट करिब रु १४ हजार संकलन भएकोमा खर्च व्यवस्थापन गरी बाँकी रहेको रु ८ हजार सहयोग गरिएको अध्यक्ष रोका मगरले जानकारी दिए। आदिवासी जनजाति महासंघ, आलिताल–५ ले दुई दिनसम्म होली मनाएको थियो। रंगको पर्व होलीलाई रमाइलोसँगै सामाजिक कार्यमा उपयोग गर्ने उद्देश्यले मन्दिर पुनःनिर्माण सहयोगार्थ कार्यक्रम आयोजना गरिएको महासंघका सदस्य नरेन्द्र राना मगरले बताए।

मणेल्ला समैजी मन्दिर आलितालको प्रसिद्ध धार्मिक स्थलमध्ये एक हो, जहाँ मंसिर महिनामा ठूलो मेला लाग्ने गर्दछ। हाल जीर्ण अवस्थामा रहेको उक्त मन्दिरको पुनःनिर्माणका लागि विभिन्न माध्यमबाट सहयोग संकलन भइरहेको छ। समितिले सामाजिक सञ्जालमार्फत पनि अभियान सञ्चालन गरिरहेको छ र श्रद्धालु तथा धार्मिक आस्था राख्ने व्यक्तिहरूलाई आर्थिक तथा नैतिक सहयोग गर्न आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.