सिरहामा दलित परिवारको घरमाथि डोजर, पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ – सिरहाको औरही गाउँपालिकामा महायज्ञका लागि मण्डप निर्माण गर्ने क्रममा दलित परिवारको घर भत्काइएको घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।

घटनामा महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र समितिका सचिव तथा औरही–५ का पूर्ववडाध्यक्ष दिलीप यादवको संलग्नता रहेको आरोप छ। उनीहरूको उपस्थितिमै दीपक मल्लिक डोमको घर भत्काइएको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

स्थानीय स्रोतका अनुसार महायज्ञमा संलग्न बजरंगी बाबाको निर्देशनमा उक्त घर भत्काइएको थियो। त्यस्तै, घर रहेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो। पीडित परिवारका लागि गाउँपालिकाले अलग्गै टहरो निर्माण गरिदिएको छ।

दीपक मल्लिकको परिवार करिब ३० वर्षदेखि उक्त ठाउँमा बस्दै आएको थियो। पाँच वर्षअघि ‘जनता आवास कार्यक्रम’ अन्तर्गत केन्द्र सरकारको बजेटमा गाउँपालिकाकै समन्वयमा परिवारलाई दुईकोठे पक्की घर निर्माण गरिदिएको थियो। तर, गत फागुन १० गते गाउँपालिकाकै डोजर प्रयोग गरी सो घर भत्काइएको हो।

यस घटनाले स्थानीयबासीहरूबीच व्यापक असन्तोष उत्पन्न भएको छ भने सामाजिक न्यायका विषयमा पुनः बहस सुरु भएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.