ग्यास सिलिन्डर पड्किएर घाइते भएकी धनगढीकी मिनाको मृत्यु

sc mahendra

धनगढीः कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ।

चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्काको मृत्यु भएको हो। उनको शनिवार काठमाडौँका बर्निङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही घटनामा घाइते भएका मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशीको उपचार भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.