डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:डडेल्धुराको परशुराम–१२, जोगबुडा स्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएको छ। निर्वाचनका लागि क्याम्पसमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

क्याम्पसका प्राध्यापक तेजबहादुर साउदको संयोजकत्वमा गठित उक्त समितिले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। सचिव राजेन्द्रबहादुर थापाका अनुसार स्ववियु निर्वाचन आगामी चैत २७ गते हुनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

निर्वाचन प्रक्रिया र तालिका
चैत १२ गते संगठन दर्ताको समय रहेकोमा ५ वटा विद्यार्थी संगठनहरूले दर्ता गरिसकेका छन्। ती संगठनहरूमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), समाजवादी निकट अनेरास्ववियु (समाजवादी), र अखिल क्रान्तिकारी बहुमत समुह रहेका छन्।

Dadeldhura Hospital

निर्वाचन समितिका अनुसार चैत १३ गते मतदाता सूची प्रकाशन गरिनेछ। मतदाता सूचीमाथि चैत १५ गते दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म दाबी–विरोध गर्न सकिनेछ।

उम्मेदवार मनोनयन दर्ता प्रत्यक्ष तथा समानुपातिक तर्फ चैत १८ गते हुनेछ। सोही दिन साँझ ५ बजे उम्मेदवार नामावली प्रकाशन गरिनेछ। उम्मेदवारीमाथि दाबी–विरोध चैत १९ गते गरिनेछ भने उम्मेदवारी फिर्ता लिन चैत २० गते दिउँसो १ बजेसम्म समय तोकिएको छ।

अन्तिम उम्मेदवार नामावली चैत २१ गते दिउँसो १ बजे सार्वजनिक गरिनेछ। मतदान चैत २७ गते बिहान १० बजे सुरु भई साँझ ४ बजे सम्म सञ्चालन हुनेछ।

निर्वाचन समितिले सम्पूर्ण विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी भई निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.