आलितालमा १० दिने दुना-टपरी उत्पादन तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — “आर्थिक समृद्धिको आधार लघु उद्यममार्फत स्वरोजगार” भन्ने मूल नाराका साथ डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ३, रक्सौनमा १० दिने दुना-टपरी उत्पादन तालिम सम्पन्न भएको छ। ज्योति महिला समूहका करिब ३५ जना सदस्यहरूलाई लक्षित गरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDEP) अन्तर्गत गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

लघु उद्यम विकास सहजकर्ता चन्द्रा ओलिका अनुसार, तालिमको उद्देश्य पातका दुना-टपरी उत्पादनमा आधुनिक प्रविधि समावेश गर्दै महिलाहरूलाई व्यवसायिक उद्यमी बनाउनु रहेको छ। आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले प्लास्टिकजन्य पदार्थको न्यूनीकरण गर्दै स्थानीय स्रोत-साधनको सदुपयोगमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने पालिकाको कार्ययोजना रहेको बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

उनले आलितालका स्थानीय बजारहरूमा प्लास्टिकजन्य झोला तथा भाडाको प्रयोग रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै लैजाने प्रतिबद्धता जनाए।

तालिम केवल सिकाइका लागि नभई स्थानीय उत्पादन क्षमताको वृद्धि गर्दै दिगो विकासलाई टेवा पुर्‍याउने अवसर भएको बताउँदै उनले सहभागीहरूलाई तालिमपछिको कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।

वडा नं. ३ का अध्यक्ष बल बहादुर बुढामगरले निरन्तर प्रयासपछि सीप विकास तालिम सञ्चालन गर्न सफल भएको भन्दै, सरकारले उपलब्ध गराएको मेसिनहरूको उचित संरक्षण गर्दै उत्पादन प्रवर्द्धन गर्न अनुरोध गरे। विशेषगरी महिलाहरूलाई आफ्नो अतिरिक्त समय सदुपयोग गरी आर्थिक उपार्जनमा लाग्न आग्रह गरे।

तालिमको प्रशिक्षण समिक्षा थापाले सञ्चालन गरेकी थिइन्। समूहकी अध्यक्ष खिमा देवी राना मगरले तालिमपश्चात उद्यमको थालनी भइसकेको जानकारी दिँदै, सिकेको सीपलाई निरन्तर उत्पादनमा जोड्ने प्रतिबद्धता जनाइन्। साथै, स्थानीय उत्पादनलाई सहयोग गर्न आग्रह गर्दै, तालिमले समुदायलाई स्वरोजगार र उत्पादनसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताइन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.