बझाङमा महिला स्वरोजगारका लागि ७ दिने चुरा-पोते बनाउने तालिम सुरू

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

रमेश बहादुर सिंह, बझाङ
जयपृथ्वी नगरपालिकामा महिलाहरुलाई लक्षित गरी चुरा, पोते, ब्रास्लेट, टप बनाउने ७ दिने तालिम सुरू भएको छ। महिला विकास समितिको आयोजनामा सञ्चालन भएको तालिमको उद्‌घाटन आज भएको हो ।

तालिममा जयपृथ्वी नगरपालिकाका १ देखि ११ वडाका २२ जना महिलाहरु सहभागी छन्। महिला विकास समितिकी अध्यक्ष रमा जोशीका अनुसार तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital


महिलाहरु परम्परागत रूपमा घरायसी काममा सीमित रहँदै आए पनि अहिले स्वरोजगारको बाटो समाउन तयार छन्। कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले महिलाहरुलाई सिप सिकेर व्यावसायिक बन्न आग्रह गरे।
सहभागी महिलाहरुले तालिमपछि उत्पादन गरेको सामग्रीलाई बजारसम्म पुर्‍याउने योजना बनाएका छन्। तालिमपछि महिला विकास समितिले व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै महिला विकास समितिकी अध्यक्ष रमा जोशीले तालिम लिएर मात्र नपुग्ने, सिकेको सीपलाई प्रयोग गरेर व्यवसायिक बनाउनुपर्ने बताइन्। उनले सिप सिकेपछि महिलाहरु आत्मनिर्भर बन्न सक्ने भएकाले तालिमको व्यवहारिक प्रयोग अनिवार्य रहेको बताइन्।

यस तालिमले जयपृथ्वी नगरपालिकाका महिलाहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.