जीपबाट खसेर २६ वर्षीया महिलाको मृत्यु

sc mahendra

डडेल्धुरा— डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जीपबाट खसेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेका छन्।

आईतबार दिउँसो साढे ४ बजेतिर जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीपबाट ओर्लिने क्रममा उनी खसेर गम्भीर घाइते भएकी थिइन्।

उपचारका क्रममा डडेल्धुरा अस्पतालमा सवा ५ बजेतिर उनको मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए।

प्रहरीले जीप र चालक, बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.