जयपृथ्वी क्याम्पसमा चार विद्यार्थी संगठनको निर्वाचन प्रतिस्पर्धा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

रमेश बहादुर सिंह, बझाङ

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत यही चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि बझाङ जिल्लाको जयपृथ्वी क्याम्पसमा चार वटा विद्यार्थी संगठनले मनोनयन दर्ता गरेका छन्। स्ववियु निर्वाचन समितिका अधिकृत ईश्वर हमालका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अखिल क्रान्तिकारी, र अखिल समाजवादी (विप्लव) ले मनोनयन दर्ता गराएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

नेविसंघबाट सभापतिका उम्मेदवार विवेक बहादुर बोहरा नेतृत्वमा सचिव लोकेश राज जोशी, कोषाध्यक्ष स्मृति सिंहसहित ९ जनाले मनोनयन दर्ता गरेका छन्। त्यस्तै, अनेरास्ववियुबाट सभापतिमा तिकचन्द बोहरा नेतृत्वमा ९ जनाले मनोनयन दिएका छन्। अखिल क्रान्तिकारीबाट मान बहादुर धामी नेतृत्वमा ९ जनाले मनोनयन दर्ता गराएका छन् भने अखिल समाजवादीबाट प्रविन महर सभापतिका उम्मेदवार रहेका छन्।

हमालका अनुसार समानुपातिक तर्फ नेविसंघ, अनेरास्ववियु, र अखिल क्रान्तिकारीले मात्र मनोनयन दर्ता गरेका छन्। बझाङको सबैभन्दा पुरानो जयपृथ्वी बहुमुखी क्याम्पसमा यसपालिको स्ववियु निर्वाचनका लागि ३४५ जना विद्यार्थी मतदाता रहेका छन्।

स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तर्फ सभापति, सचिव, कोषाध्यक्षसहित ६ जना सदस्य रहनेछन्। समानुपातिक तर्फ थप ६ जना सदस्य चयन गरी कुल १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत ९ वटा क्याम्पसमा यही चैत २७ गते स्ववियु निर्वाचन हुने तयारी गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.