

१८ चैत, काठमाडौं साथीलाई १ लाख १० हजार सापटी दिएको रकम माग्न गएका एक युवकको हत्या भएको खुलेको छ । गोकर्णेश्वरका १९ वर्षीय राहुल साह ११ चैतमा सापटी दिएको १ लाख १० हजार रुपैयाँ फिर्ता लिन निस्केपछि हराएका थिए। प्रहरीले खोजी गर्दै जाँदा मोटरसाइकल वर्कसपभित्र गाडिएको अवस्थामा १५ चैतमा उनको शव फेला पर्यो।
प्रहरीले हत्या आरोपमा वर्कसप सञ्चालक निपु मण्डलसहित ६ जनालाई पक्राउ गरेको छ। सापटी रकम माग्दा विवाद भएपछि राहुलको हत्या भएको खुलेको छ। अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
