परशुरामको जनज्योति प्राविद्वारा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:परशुराम नगरपालिका–३, सिमल्टामा रहेको श्री जनज्योति प्राथमिक विद्यालय, सिमल्टाले विद्यालयको स्थापनामा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले वि.सं. २०४४ मा जग्गा दान गर्नु हुने जमिनदाता श्री जयदेव धामी, विद्यालयका संस्थापक अध्यक्ष श्री जस्विर धामी, तथा परशुराम–३, सिमल्टाका जेष्ठ नागरिकहरूलाई विशेष सम्मान गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक श्री हिक्मत बहादुर धामीले आफ्ना स्वर्गीय पिता श्री रुद्र सिँह धामीको सम्झनामा स्थापित अक्षयकोषबाट छात्रवृत्ति वितरण कार्यक्रम समेत सम्पन्न गर्नुभएको छ । छात्रवृत्तिबाट विद्यालयका प्रतिभाशाली तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई लाभ पुग्ने विद्यालयले जनाएको छ।

Dadeldhura Hospital

उक्त कार्यक्रमका प्रमुख अतिथि परशुराम नगरपालिका वडा नं. ३ का अध्यक्ष श्री नरेश बहादुर खवास रहेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

विद्यालयले यसै वर्षको होली कार्यक्रमको आयोजना गरी करिब १ लाख ८० हजार रुपैयाँ चन्दा संकलन गरेको थियो। हाल विद्यालयमा ४३ जना विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयले चालू शैक्षिक सत्रमा अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई करेसाबारी निर्माण, गोडमेल, भान्सामा तयार पार्न सकिने परिकारहरू पकाउने, दुना(टपरी निर्माण जस्ता व्यवहारिक सीप सिकाइन्छ।

प्रधानाध्यापक धामीका अनुसार विद्यालयले आगामी शैक्षिक सत्रमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको बताए। विद्यालय परिवारले विद्यार्थीहरूको शैक्षिक तथा व्यवहारिक विकासलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, समाजसेवी तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने योजना समेत बनाएको छ।

विद्यालयका प्रधानाध्यापक धामीले आगामी दिनहरूमा पनि शिक्षाक्षेत्रको विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.