नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको अधिवेशन सम्पन्न, बोहराको अध्यक्षतामा नयाँ समिति गठन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको १४औं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै कृष्ण बहादुर बोहरालाई अध्यक्षमा निर्वाचित गरेको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रकाश भण्डारी, महिला उपाध्यक्षमा कमला पन्त, सचिवमा सुवास प्रसाद भट्ट, सह-सचिवमा नर बहादुर बुढाऐर, तथा कोषाध्यक्षमा धनेश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्। अन्य सदस्यहरूमा देवराज पनेरू, खडक साउद, इन्द्र टमटा, नर बहादुर बोहरा, र भवी गाहा चयन भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

नवनिर्वाचित अध्यक्ष बोहराले संगठनले शिक्षकहरूको व्यावसायिक सुरक्षा, सेवा सुविधाको विस्तार, र नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने बताएका छन्। उनले विद्यालय स्तरीय शिक्षाको सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि, पाठ्यक्रम विकास, र शिक्षामा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने कार्यमा विशेष ध्यान दिने उल्लेख गरे। साथै, सरकारसँग शिक्षक अधिकार, तलब-सुविधा वृद्धि, स्थायी व्यवस्थापन, तथा शिक्षामा आवश्यक सुधारका विषयमा निरन्तर आवाज उठाइने प्रतिबद्धता व्यक्त गरे।

नव-निर्वाचित कार्यसमितिलाई संगठनका पदाधिकारी, शिक्षक तथा सरोकारवालाहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.