काठमाडौं केन्द्रित शिक्षक आन्दोलन जारी, आज सिट्ठी जुलुस प्रदर्शन हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं। नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौं केन्द्रित शिक्षक आन्दोलन जारी छ। विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्नुपर्ने मागसहित देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्।

चैत २० गतेदेखि सुरु भएको आन्दोलनको क्रममा आज (आइतबार) ‘सिट्ठी जुलुस’ प्रदर्शन गरिने भएको छ। उक्त कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट हजारौं शिक्षक काठमाडौं आएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै शिक्षकहरूलाई आज बिहान ११ बजे सिट्ठीसहित माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरेका छन्।

उनले लेखेका छन्, “आज सबै साथीहरूलाई एउटा एउटा सिट्ठी सहित ठीक ११:०० बजे माइतीघर मण्डला आइपुग्न अनुरोध छ। आदरणीय साथीहरू, शैक्षिक सडक आन्दोलनमा तपाईंको सहभागिता अनिवार्य छ। पेसागत सुरक्षा, उन्नयन तथा विद्यालय शिक्षाको विकासका लागि थालिएको महाअभियानमा संलग्न हुनु हामी सबैका लागि गर्वको विषय हो।”

महासंघले शिक्षकहरूलाई स्मरण गराएको छ–
“मेरो आन्दोलन, मेरो सहभागिता
बलियो उपस्थिति, बलियो आन्दोलन
बलियो आन्दोलन, बलियो उपलब्धि”

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.