बसको ठक्करबाट एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

चैत्र २५ ,मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान अन्दाजी २:४० बजे मकवानपुरको मनहरी गाउँपालिका-९ खरंगास्थित पूर्व-पश्चिम राजमार्ग सडकमा ना ८ ख १८०९ नम्बरको बसको ठक्करबाट बाटो काट्दै गरेका एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-२ संगमटोल बस्ने ५८ वर्षीय जितबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनी बा.प्र ०१-००६ ख ६७१६ नम्बरको गाडीमा थिए। गाडी रोकेर शौच गर्न जानका लागि बाटो काट्दै गर्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।

Dadeldhura Hospital

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको टाउको, छाति र दाहिने खुट्टामा चोट लागी गम्भिर घाइते भएका थिए।

तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा बिहान ३:२५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बस चालक धादिङको सिद्धलेक गाउँपालिका-३ का २६ वर्षीय मोहन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.