आलिताल गाउँपालिकामा जग्गा नाप-नक्सा कार्य सुरु हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, २०८१ चैत २६ – भूमि समस्या समाधान आयोगको निर्देशनअनुसार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवास गर्ने व्यक्तिहरूलाई जग्गा उपलब्ध गराउने उद्देश्यले नापी कार्यालय डडेल्धुराको टोली नं. २ ले आलिताल गाउँपालिका वडा नं. ८ भित्र नाप-नक्साको कार्य सुरु गर्ने भएको छ।

Dadeldhura Hospital

२०७८ साल फागुन ५ गते आयोग, जिल्ला समिति र स्थानीय तहको सहकार्यमा पहिचान गरिएको सरकारी जग्गाको नाप-नक्सा कार्य २०८२ साल वैशाख १० गतेदेखि डोला, चिरान, हम्तड, कालाकोट क्षेत्रहरूमा सुरु हुने जानकारी गराइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नापी टोली प्रमुख नविन जोशीले जारी गरेको सूचनामा नापीको समयमा सम्बन्धित व्यक्तिहरूलाई आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अन्य आवश्यक प्रमाणहरू तथा निवेदन दर्ताको निस्सा सहित उपस्थित भई आफैंले कमोट गरेको जग्गाको सिमा घुमि देखाएर नापी गराउन आग्रह गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.