१७ वर्षपछि पक्राउ परे ह त्यापछि साधुको भेषमा लुकेका अभियुक्त

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

पर्सा — १७ वर्षअघि हत्या गरी फरार रहेका व्यक्ति पर्सामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अनुसार, २०६४ साल वैशाख २५ गते उनले साविक बहुअर्वाभाठा गाविस–५ निवासी ढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली हानी हत्या गरेका थिए। घटनापछि उनी फरार भएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

२०७६ कात्तिक २४ गते सर्वोच्च अदालतले साविकको मुलुकी ऐन, ज्यान सम्बन्धी महलको दफा १३ (९१०) अनुसार उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

फरार रहेका तेली भारतको चम्पारण जिल्लास्थित पिपरिया गाउँमा रहेको रामजानकी मन्दिरमा साधुको भेषमा पुजारी बनेर लुकिछिपी बस्दै आएका थिए। उनी १० वर्षसम्म त्यहीँ पुजारीका रूपमा सक्रिय थिए।

प्रहरीले उनलाई २०८१ साल चैत २५ गते पर्साको वीरगन्जबाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि उनलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.