
डडेल्धुरा, जोगबुडा – त्रिबेणी बहुमुखी क्याम्पसमा आज सम्पन्न स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।
बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत पदमराज जोशीले जानकारी दिए।



निर्वाचन समितिका अनुसार २३७ महिला र ६४ पुरुष गरी कुल ३०१ मत खसेका छन्।
निर्वाचन समितिका सदस्य सचिव तथा प्रवक्ता राजेन्द्र थापाका अनुसार आजै बेलुका ५:३० बजेदेखि मतगणना सुरु गरिने तयारी अन्तिम चरणमा पुगेको छ। मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको छ भने तारजालीले सुरक्षित बनाइएको छ, जसले पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
सभापतिको उम्मेदवारका रूपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) तर्फबाट प्रकाश अवस्थी र अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको साझा प्यानलबाट भोज लुहार प्रतिस्पर्धामा रहेका छन्।
