त्रिबेणी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न, ३०१ मत खस्यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, जोगबुडा – त्रिबेणी बहुमुखी क्याम्पसमा आज सम्पन्न स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।

बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत पदमराज जोशीले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

निर्वाचन समितिका अनुसार २३७ महिला र ६४ पुरुष गरी कुल ३०१ मत खसेका छन्।

निर्वाचन समितिका सदस्य सचिव तथा प्रवक्ता राजेन्द्र थापाका अनुसार आजै बेलुका ५:३० बजेदेखि मतगणना सुरु गरिने तयारी अन्तिम चरणमा पुगेको छ। मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको छ भने तारजालीले सुरक्षित बनाइएको छ, जसले पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

सभापतिको उम्मेदवारका रूपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) तर्फबाट प्रकाश अवस्थी र अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको साझा प्यानलबाट भोज लुहार प्रतिस्पर्धामा रहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.