डडेल्धुरा त्रिवेणी क्याम्पसमा नेविसंघको प्यानल विजयी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:डडेल्धुराको जोगबुडा स्थित त्रिवेणी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल विजयी भएको छ।

एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को संयुक्त प्यानललाई पराजित गर्दै नेविसंघबाट अध्यक्ष पदमा प्रकाश अवस्थीको नेतृत्वमा बनेको प्यानल विजयी भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

संयुक्त प्यानलका अध्यक्ष पदका उमेदबार भोज लुहारले १ सय ३२ मत प्राप्त गर्दा नेविसंघबाट अध्यक्ष पदका उमेदबार प्रकाश अवस्थीले १ सय ६७ मत प्राप्त गर्दै विजय भएका हुन् ।

निर्वाचित अन्य पदाधिकारीहरूमा सचिव भुवन बोहरा, कोषाध्यक्ष बिन्द्रा धामी रहेका छन्। त्यस्तै, सदस्यहरूमा केशव बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय (उर्मिला) र निराजन बोहरा विजयी भएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.