new year2082 desk
Citizan

रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु ,१२ जना घाइते

bhageswar small
alital janahit

२८ चैत, । रामेछापको मन्थली नगरपालिकाको ठाँटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

lali

मन्थली नगरपालिका-३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप कुमार सिंहले बताए ।

glam &
Citizan

डीएसपी सिंहका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्। घाइतेहरू सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको उनले बताए ।
पानी परेर सडक चिप्लो भएको र क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.