राजसंस्थावादी नेता दुर्गा प्रसाईंले गरे आत्मसमर्पण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ – राजसंस्थावादी आन्दोलनको नेतृत्व गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउको तयारी गरिरहेको अवस्थामा, प्रसाईंले आफैँ आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्राप्त जानकारीअनुसार, आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ।

गत चैत १५ गते काठमाडौंमा आयोजित राजसंस्थावादीहरूको आन्दोलनपछि प्रसाईं सम्पर्कविहीन बनेका थिए। यसबीच उनले सामाजिक सञ्जालमार्फत आफु सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको दाबी गर्दै विभिन्न भिडियो सन्देश सार्वजनिक गरेका थिए।

बुधबार मात्रै उनले अर्को भिडियो सन्देश जारी गर्दै मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा पत्रकारहरूको रोहबरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.