अत्तरियामा फेला परेको शव डडेल्धुराका युवकको, हत्या आशंकामा अनुसन्धान तीव्र

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, गत बुधबार अत्तरिया चौराहनजिकै रहेको दुर्गा मन्दिर परिसरमा फालिएको अवस्थामा भेटिएको शव डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदीस कैनीको रहेको पुष्टि भएको हो।

मृतकका दाजु राम कैनीले शवको सनाखत गरेका हुन्। प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी गंगा बहादुर थापाका अनुसार, हालसम्म हत्यामा संलग्न व्यक्तिको पहिचान हुन नसके पनि अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ।

प्रहरीका अनुसार, मृतक कैनी केही समयदेखि परिवारको सम्पर्कमा नरहेकाले शवको पहिचानमा ढिलाइ भएको थियो। घटनाको प्रकृति र शवको अवस्था हेर्दा यो हत्या योजनाबद्ध रूपमा गरिएको हुन सक्ने अनुमान गरिएको छ।

स्थानीयहरू भने भीडभाड हुने दुर्गा मन्दिर परिसरमा यसरी शव फालिनु अस्वाभाविक भएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइरहेका छन्।

घटनासँग सम्बन्धित थप विवरण सार्वजनिक भइनसके पनि प्रहरीले प्राप्त सूचनाका आधारमा अनुसन्धानको दायरा फराकिलो बनाइरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.