सुदूरपश्चिममा बिसु पर्वको रौनक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षको अवसरमा परम्परागत बिसु पर्व उल्लासका साथ मनाइँदैछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सांस्कृतिक पहिचानको रूपमा रहेको बिसु पर्व हरेक वर्ष वैशाख १ गते मनाइन्छ। यो पर्वमा एकअर्कामाथि सिस्नो छ्याप्ने, मिठा परिकार खाने, र परम्परागत खेल तथा नाचगान गर्ने चलन छ।

Dadeldhura Hospital

आज नव वर्ष २०८२ को प्रारम्भ

बिसु पर्व मनाउन घरबाहिर रहेका मानिसहरू गाउँ फर्कने चलन छ। पर्वको दिन बिहानै नुहाएर सिस्नो छ्याप्ने परम्परा रहिआएको छ। सिस्नो छ्याप्दा शरीरका विष निस्किने र नयाँ वर्षमा नकारात्मक शक्तिबाट बचिने धार्मिक विश्वास रहेको छ।

पर्वको अवसरमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, फुपू–साली जस्ता नातागोताबीच सिस्नो छ्याप्ने रमाइलो चलन छ। साथै, लौरो नचाउने, बाघ–भालुको अभिनय गर्ने र देउडा नाच्ने परम्परा पनि आज विभिन्न समुदायमा देखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.