new year2082 desk
Citizan

डडेल्धुराको घटाल थानमा भोलि विशु जात, सबै तयारी पूरा

bhageswar small
alital janahit

डडेल्धुरा, वैशाख १ – डडेल्धुराको अमरगढी नगरपालिका–३, डोटीखेलाको पुछारमा अवस्थित सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थानमा भोलि (वैशाख २ गते) लाग्ने विशु जातका लागि सम्पूर्ण तयारी पूरा भएको घटाल क्षेत्र विकास समाजले जनाएको छ।

हरेक वर्ष नयाँ वर्षको दोस्रो दिन घटाल थानमा विशु जात विशेष धार्मिक श्रद्धाका साथ भव्य रूपमा मनाउने परम्परा रहेको छ। डोटीखोला आसपासका गाउँ, सदरमुकाम खलंगा, छिमेकी जिल्ला, साथै कैलाली र कञ्चनपुर जस्ता तराईका जिल्लाबाट समेत हजारौं भक्तजन घटाल थानमा उपस्थित हुने गर्छन्।

glam &
Citizan
lali

विशु जातका दिन घटाल बाबाको पूजाआजा गर्दै धामीमार्फत अक्षता र प्रसाद लिने, बालुवा खाएर आस्था प्रकट गर्ने परम्परा रहिआएको छ। जनविश्वास अनुसार घटाल बाबासँग मागेअनुसार मनोकामना पूरा हुने र त्यसको पूर्तिमा बोका बलि दिने चलन समेत विद्यमान छ।

स्थानीय किंवदन्ती अनुसार, डोट्याली राजा नागी मल्लकी सन्तानविहीन रानीले भारतको गढवालबाट घटाल देवता दाइजोमा ल्याएकी थिइन्। देउतालाई दरबारसम्म ल्याउन नसकिएकाले हालको मन्दिर क्षेत्रमा स्थापना गरिएको हो। विशु जातको अघिल्लो दिन चम्सालस्थित देवघरबाट देउताको देउरो घटाल थानमा ल्याइने चलन छ।

स्थानीयहरूका अनुसार, विशेष गरी टाढा रहेका मानिसहरू समेत विशु जातको अवसरमा घर फर्केर मेला सहभागी हुने गर्छन्। धार्मिक मान्यताअनुसार, द्वापरयुगको धर्मयुद्धमा भीमपुत्र घटोत्कचको पराक्रमले श्रीकृष्णबाट कलियुगमा भगवानको रूपमा पूजिने वरदान पाएको विश्वास छ। यही विश्वासले घटाल बाबा पश्चिम नेपालका श्रद्धालुहरू माझ विशेष आस्थाको केन्द्र बनेका छ

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.