परशुराम नगरपालिकाको शिक्षामा पहल: कक्षा ११ अध्ययन निःशुल्क

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको परशुराम नगरपालिकाले कक्षा ११ अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ।

आज नगरप्रमुख भरत जोशीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भने, “परशुराम नगरपालिका भित्र कक्षा ११ मा अध्ययनरत सबै विद्यार्थीहरूलाई निःशुल्क पढ्ने प्रबन्ध गरिएको छ। अब कक्षा ११ को शुल्क नगरपालिकाले तिर्नेछ।”

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनका अनुसार, हाल कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरूले ८ हजारदेखि ११ हजार रुपैयाँसम्म शुल्क तिर्नु पर्ने अवस्था रहेको थियो। नगरपालिकाको यो निर्णयले अभिभावक र विद्यार्थीहरूलाई ठूलो आर्थिक राहत हुने विश्वास गरिएको छ।

जोशीले आगामी आर्थिक वर्षदेखि कक्षा १२ पनि निःशुल्क बनाउने योजना रहेको जानकारी गराउँदै, नयाँ वर्षको शुभकामना सन्देशमा सम्पूर्ण विद्यार्थीहरूलाई मेहनतपूर्वक पढ्न आग्रह गरेका छन्।

स्थानीय तहबाट गरिएको यो शिक्षा नीतिगत पहलले सर्वसुलभ र समावेशी शिक्षा प्रणालीलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.