new year2082 desk
Citizan

डडेल्धुरामा पनि शैक्षिक आमहडताल चर्किँदै, विद्यालयहरू धमाधम बन्द हुँदै

bhageswar small
alital janahit

डडेल्धुरा, – देशभरको शैक्षिक आन्दोलनको प्रभाव डडेल्धुरामा पनि तीव्र रूपमा देखिन थालेको छ। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सुरु गरिएको शैक्षिक आमहडतालको समर्थनमा डडेल्धुराका विद्यालयहरू धमाधम बन्द हुँदै गएका छन्।

नेपाल शिक्षक महासङ्घ डडेल्धुराले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल सरकार र महासङ्घबीच समय समयमा भएका सम्झौताहरूको पूर्ण कार्यान्वयन र शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन तीव्र बनाइएको हो। उक्त विज्ञप्तिमा सामुदायिक विद्यालयका शिक्षकहरू २०८१ सालको चैत्र २५ गतेदेखि आम शैक्षिक हडतालमा सहभागी भई काठमाडौँ केन्द्रित सडक संघर्षमा उत्रिएको उल्लेख गरिएको छ।

glam &
Citizan

तर, आन्दोलनको बीचमा केही विद्यालयहरूले प्रशासनिक कार्यहरू सुचारु गरेकाले आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै महासङ्घले आन्दोलन अवधिभर कुनै पनि कामका लागि विद्यालय नखोली पूर्णरूपमा बन्द गरी हडतालमा सहभागी हुन स्पष्ट रूपमा आग्रह गरेको छ।

महासङ्घको विज्ञप्तिमा भनिएको छ, सरकारविरुद्ध आन्दोलनको क्रममा विद्यालयमा विद्यार्थी भर्ना अभियानदेखि परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण लगायत सबै प्रशासनिक कार्यहरूको वहिष्कार गरिएको छ। आन्दोलनको अवज्ञा गरिए कडा कदम चालिनेछ ।

lali

डडेल्धुराका शिक्षक संघ संगठनहरूले पनि यो आन्दोलनलाई समर्थन जनाएका छन्। आज बसेको बैठकले जिल्लाभरका स्थानीय तहमा आन्दोलनसम्बन्धी सर्कुलर पठाउने निर्णय गरेको छ भने भोलि शिक्षक महासङ्घ डडेल्धुराले जिल्ला प्रशासनलाई मागपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

यसै क्रममा आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाभित्रका विद्यालयहरूले एसईईको कपी, कक्षा १२ को परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधि बहिष्कार गर्ने निर्णय गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष गणेश भाटले जानकारी दिएअनुसार आन्दोलनमा सहभागी हुने र सम्पूर्ण गतिविधिमा सहयोग पुर्‍याउने निर्णय गरिसकिएको छ। भाँट केहि दिन देखि काठमाण्डुको आन्दोलनमा नै सहभागी रहदै आएका छन् ।

विद्यालय बन्द गर्ने विज्ञप्तीहरु :

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.