जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा वा आंशिक बदली छ।देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
मौसमका यस्ता प्रभावले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र सावधानी अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।
