सामाजिक सञ्जालमा नेपाल बैंक भन्दै ठगी गिरोह सक्रिय,सचेत रहन आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं । नेपाल बैंक लिमिटेडले सामाजिक सञ्जालमा आफ्नो नाम र लोगो दुरुपयोग गरी ठगी गर्ने गतिविधि भइरहेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

बैंकले फेसबुक, एक्स, युट्युब, टिकटक, ह्वाट्सएप, इमो, भाइबर लगायत सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समूहहरूले आफ्नो लोगो र फोटो दुरुपयोग गरी झूटा कर्जा स्वीकृत पत्र, चिठ्ठा, उपहार कार्यक्रम तथा अनलाइन र पार्ट–टाइम रोजगारीको प्रलोभन देखाई ठगी गर्ने प्रयास भइरहेको जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सामाजिक सञ्जालमा गरेका पोष्ट र जानकारीहरूमा ग्राहकले राखेका जिज्ञासामा अनधिकृत व्यक्तिहरूले स्क्याम लिङ्क पठाउने, व्यक्तिगत विवरण माग्ने र बैंककै तर्फबाट फोन आएको भन्दै प्रलोभनमा पार्न खोजेको गुनासो बढेको बैंकले उल्लेख गरेको छ ।

यस्ता गतिविधिबाट सचेत रहन ग्राहकलाई अनुरोध गर्दै खाताको केवाईसी अपडेट, कार्ड नवीकरण, अनलाइन किनमेल प्रयोजन वा रकम जम्मा गरिदिने जस्ता विषयमा ओटीपी, लिङ्क, पिनकोड तथा पासवर्ड कहिल्यै नमाग्ने बैंकद्वारा जारी सूचनामा स्पष्ट पारेको छ ।

यस्ता गोप्य सूचना तथा नम्बरहरू कसैलाई पनि नदिन र सुरक्षाका उपाय अवलम्बन गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गर्दै आधिकारिक सामाजिक सञ्जालका पेजहरू मात्र फलो गर्न र थप जानकारीका लागि नजिकको शाखा वा ०१–५५७१२२२ नम्बरमा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.