कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीको टिकापुर नगरपालिका–२ मा रहेको जनशक्ति सामुदायिक वनमा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ।

सामुदायिक वनको बिचमा घना जङ्गलमा मृत अवस्थामा फेला परेको पोथी पाटेबाघको अगाडि भागको शरीरमा चोट देखा परेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

मृत पाटेबाघ एक सय ८० किलोग्राम तौल भएको, लम्बाइ एक सत तीन इन्च लम्बाइ, ४० इन्च चौडाइ र गोलाइ ५८ इन्च रहेको सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले बताए।

बर्दिया राष्ट्रिय निकुञ्जबाट सामुदायिक वनमा आहारविहारको लागि आयको पोथी बाघ जङ्गलको बिच भागमा मरेको हुदा बाघ गहनाय पछि मात्र थाहा भएको हो। पोथी बाघ रहेकाले भाले बाघ सङ्ग विचरणको समयमा झगडाका कारण भालेको आक्रमणबाट मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको यादवले बताए।

मृत बाघको पोस्टमार्टम गरिने छ। घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डाक्टर आयुष महर्जन लगायतको प्राविधिक टोली आएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.