आलिताल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ६० प्रतिशत बजेट खर्च

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा बैशाख ३१  – आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बैशाख मसान्तसम्म सञ्चालन भएका योजना, कार्यक्रम तथा आम्दानी–खर्चको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पालिकाले आर्थिक पारदर्शिता र उत्तरदायित्वको अभ्यासस्वरूप आयोजना गरेको सुनुवाइमा नागरिक, जनप्रतिनिधि तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो।

सुनुवाइका क्रममा चालु आर्थिक वर्षका लागि ल्याइएको करिब ५० करोड रुपैयाँ बजेटमध्ये ६० प्रतिशत खर्च भइसकेको जानकारी दिइएको छ। यस अवधिमा पालिकाले २२ लाख ९५ हजार ९९० रुपैयाँ राजस्व सङ्कलन गरेको समेत प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा पालिकाका सबै वडाहरू र शाखाहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनको आधारमा नागरिकहरूले खानेपानी, आत्महत्या न्यूनीकरण कार्यक्रम, सेवा प्रवाहको गुणस्तर लगायत विषयमा प्रश्न गरेका थिए। सेवाको सन्दर्भमा उठेका गुनासो र सुझावलाई सम्बोधन गर्दै पालिका अध्यक्षले सबै कर्मचारीलाई छरितो, पारदर्शी र उत्तरदायी सेवा दिन स्पष्ट निर्देशन दिएका छन्।

Dadeldhura Hospital

“नागरिकको सेवा प्रवाहमा कुनै पनि कमजोरी नहोस्,” अध्यक्षले भने, “सरल, सहज र प्रभावकारी सेवा पाउनु जनताको अधिकार हो।”

आलिताल गाउँपालिकामा हाल १८ हजार ११२ जनसंख्या रहेका छन्। ८ वटा वडामा विभाजित पालिकामध्ये ६ वटाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने २ वटा वडामा भवन निर्माण प्रक्रिया बाँकी छ। पालिकामा १०१ जना कर्मचारी कार्यरत छन्, जसमा एक प्रमुख प्रशासकीय अधिकृत, १० जना अधिकृत, १६ जना पाँचौं तह, ४४ जना चौथो तह र ३१ जना श्रेणीविहीन कर्मचारी रहेका छन्।

प्रतिवेदनअनुसार पालिकाले हालसम्म १०५ वटा कानुनी दस्तावेजहरू (ऐन, कार्यविधि, नियमावली, निर्देशिका आदि) निर्माण गरिसकेको छ। न्यायिक समितिमा दर्ता भएका ४५ मुद्दामध्ये ४३ को समाधान भइसकेको छ, एक मुद्दा अदालतमा गएको छ भने अर्को मुद्दाको छलफल प्रक्रिया जारी छ।

गाउँपालिकामा हाल ८० प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ। चालु वर्षमा पालिकाले ७.५ किलोमिटर स्थानिय सडक निर्माण गरेको छ, जसमा २.५ किलोमिटर सडकमा ग्राभेलसमेत गरिएको छ। कुल ३७१० घरधुरीमध्ये २१०० घरधुरीले खानेपानीको सेवा लिइरहेका छन्।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.