डडेल्धुराको आलितालमा रुख ढल्दा एक महिलाको मृत्यु, आमा घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिकामा रुख ढल्दा एक महिलाको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छिन्।

बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि रुख ढल्दा उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

स्थानीय राम कुँवरका अनुसार घरमाथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो। “कोठामै थिइन्, अचानक रुख खसेर उनको मृत्यु भयो,” कुँवरले जानकारी दिए।

उक्त घटनामा रतन कामीकी आमा राधा कामी पनि घाइते भएकी छन्। स्थानीयका अनुसार राधालाई कम्मर र टाउकोमा चोट लागेको छ।

प्रहरी अहिले घटनास्थलमा पुगिसकेको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

रविना कामीका एक छोरा र एक छोरी छन्। रुखले कामीको घर पनि पूर्णरूपमा क्षति पुर्‍याएको छ।

स्थानीयवासीहरू भन्छन्, “घरनजिकै उभिएको रुखले ज्यान लिन्छ भन्ने कसैले कल्पना गरेका थिएनौं।”

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.