डडेल्धुरामा एकैदिन दुई पालिकाबाट ८९ जनालाई लालपुर्जा वितरण गरिदै

वितरण कार्यक्रममा मुख्यमन्त्री शाह र आयोगका अध्यक्ष रिमाल सहभागी हुदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकाले एकैदिन भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने भएका छन्।

आलिताल गाउँपालिकाले वडा नं. ४ र ८ का १९ जना भूमिहीन दलित तथा सुकुमवासीलाई लालपुर्जा प्रदान गर्न लागेको हो भने परशुराम नगरपालिकाले वडा नं. १२ लालढुङ्गा बजार क्षेत्रका ७० जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न लागेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

भुमी समस्या समाधान आयोग डडेल्धुराका अध्यक्ष कैलास कुमार पाण्डेयका अनुसार लालपुर्जा वितरण कार्यक्रम यही जेठ १२ गते आयोजना गरिनेछ। सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र भुमी समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिमालको सहभागिता रहने जानकारी दिइएको छ।

पाण्डेयका अनुसार जिल्लामा भूमिसम्बन्धी समस्या समाधानको काम तीव्र गतिमा अघि बढिरहेको छ। उनले आलितालमा आगामी दिनमा करिब ४०० कित्तामध्ये एक सयभन्दा बढी सुकुमवासीलाई लालपुर्जा वितरणको तयारी भइरहेको र गन्यापधुरामा समेत वितरण प्रक्रियाको काम अगाडि बढिरहेको जानकारी दिएका छन्।

लालपुर्जा नभएकाले धेरै परिवार कानुनी सुरक्षाविहीन जीवन बाँचिरहेका थिए। उनीहरूलाई सरकारी सेवा, बैंकबाट ऋण लिन, घर निर्माण अनुमति लिनजस्ता आधारभूत सुविधा लिन निकै कठिन हुने गरेको थियो। एक सुकुमवासी लाभग्राहीले भने, “हामी आफ्नै देशमा पराइ जस्तै थियौं, अब लालपुर्जा पाएपछि घरको ढोका मात्रै होइन, सपना पनि खुलेको महसुस भएको छ।”

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.