सुदूरपश्चिम प्रदेश सरकार ठोस काम गर्न चाहान्छ : मुख्यमन्त्री शाह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, सोमबार।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारले अब ठोस काम गर्ने स्पष्ट नीति बनाउँदै अगाडि बढ्ने बताएका छन्।

सोमबार डडेल्धुराको परशुराम नगरपालिकाले आयोजना गरेको अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विकासका सबै क्षेत्रमा स्पष्ट कार्यक्रमसहित अघि बढ्ने बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

“चाहे पूर्वाधारको क्षेत्रमा होस्, कृषि वा अन्य क्षेत्र—प्रदेश सरकारले अब ठोस रुपमा काम गर्न चाहन्छ,” उनले भने। “प्रतिपक्षी दलहरूसँग सहकार्य, सहअस्तित्व र समन्वयको भावना राख्दा पनि व्यवहारमा परिवर्तन नआउँदा समस्या भएको छ। विकास निर्माणको सवालमा सबै एक ठाउँमा उभिन जरुरी छ।”उनले भने,

Dadeldhura Hospital

मुख्यमन्त्री शाहले पहिलो कार्यकालमा प्रदेशका पाँच वटा अस्पताललाई प्रदेशस्तरीय बनाउने घोषणा गरेको सम्झँदै अहिले जोगबुडा अस्पताललाई प्रादेशिक अस्पताल बनाएको उल्लेख गरे।

कार्यक्रममा परशुराम नगरपालिका–१२, लालढुंगा बजारका ६४ जना अव्यवस्थित बसोबासीले वर्षौंपछि जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्।
२०७५ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले नापजाँच गरी वितरण गरेको पुर्जाहरू कानुनी वैधता नपाएपछि पुनः प्रक्रिया सुरु गरि अब पुनः वितरण गरिएको हो।

त्यस्तै, आलिताल गाउँपालिकाका १६ जना दलित, भूमिहीन तथा सुकुम्बासीलाई पनि लालपुर्जा वितरण गरिएको पालिकाले जानकारी दिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.