
डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिकामा दुईदिने निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको छ। गोदामस्थित स्वास्थ्य चौकीमा आजदेखि सुरु भएको शिविरमा पहिलो दिनमै ४२६ जनाले सेवा लिएका छन्।
शिविरमा ५२ जनाको शल्यक्रिया मार्फत उपचार गरिएको छ भने १६४ जनालाई चश्मा र औषधि वितरण गरिएको छ। यस्तै, २११ जनाको सामान्य आँखाको परीक्षण गरी औषधि प्रदान गरिएको छ।



आलिताल गाउँपालिका–८ को आयोजनामा सञ्चालित उक्त शिविर च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा, धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको हो।
शिविर भोलिसम्म चल्नेछ। वडा नं. ८ का अध्यक्ष धन बहादुर देउवाका अनुसार शिविरमा करिब ६ देखि ७ सय जनाले सेवा लिने अनुमान गरिएको छ।



