धनगढीमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, कैलाली — धनगढीमा टिप्परको ठक्करबाट एकजनाको ज्यान गएको छ।

Dadeldhura Hospital

धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले बाटो काट्ने क्रममा पैदल यात्रीलाई ठक्कर दिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कैलालीको गोदावरी नगरपालिका–५ निवासी २७ वर्षीय अर्जुन चौधरीले चलाएको टिप्परले बैतडी जिल्लाको पाटन नगरपालिका–६ का ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल उनको शव अस्पतालमै राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.